You are viewing the translated version of खाद्य निरीक्षण अधिकारीको काम, कर्तव्य र्‌ अधिकार.

Section 29
खाद्य निरीक्षण अधिकारीको काम, कर्तव्य र्‌ अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त खाद्य निरीक्षण अधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) खाब्य पदार्थको उत्पादन, प्रशोधन, सञ्चय, पैठारी वां बिक्री वितरणमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिमको सर्त वा व्यवस्था पालना भए वा नभएको विषयमा नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने,

(ख) कसैले यस ऐन बिपरीत खाद्य पदार्थ उत्पादन, प्रशोधन, सञ्चय, पैठारी वा बिक्री वितरण गरेको शङ्का लागेमा वा कुनै माध्यमबाट जानकारी प्राप्त भएमा तत्काल अनुगमन, निरीक्षण तथा जाँचबुझ गर्ने वा त्यस्तो खाध्य पदार्थको नमूना सङ्कलन गर्ने,

(ग) खण्ड (ख) बमोजिम सङ्कलित नमूना परीक्षण तथा विश्लेषणका लागि खाद्य विश्लेषक समक्ष पठाउने,

(घ) अनुगमन, निरीक्षण तथा जाँचबुझका- क्रममा खाद्य व्यवसायी वा अन्य सम्बन्धित व्यक्तिसँग आवश्यक विवरण वा जानकारी माग गर्ने,

(ङ) कसैले यस ऐन विपरीत खाद्य पदार्थको उत्पादन, प्रशोधन, सञ्चय, बिक्री वितरण वा व्यवसाय गरेको पाइएमा त्यस्ता खाद्य पदार्थको नमूना लिई निश्चित .अवधिको लागि सो खाद्य पदार्थको उत्पादन, प्रशोधन, सञ्चय वा बिक्री वितरणमा स्थानीय तहको सम्बन्धित वडाको अध्यक्ष, . सदस्य वा स्थानीय प्रशासनको प्रतिनिधिको रोहवरमा रोक लगाउने, र

(च) तोकिए बमोजिमका अन्य काम गर्ने।

(२) खाद्य निरीक्षण अधिकारीले उपदफा (१) को खण्ड

(ङ) बमोजिम रोक लगाएकोमा त्यसरी रोक लगाउनु पर्नाको कारण सहितको प्रतिवेदन तयार गरी तीन दिनभित्र सम्बन्धित कार्यालय र महानिर्देशक समक्ष पठाउनु पर्नेछ।